सशस्त्र प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गाडी सहित मदिरा नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौबाट ९४ कार्टुनमा रहेको मदिरा सहित भारतीय गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले सो मदिरा बरामद गरेको हो ।
सो टोलीले बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडीमा अवैध रूपमा लैजाँदै गरेको मदिरा नियन्त्रणमा लिएको हो ।
सुमोका चालक भने फारर भएका छन । नियन्त्रणमा लिइएको गाडीसहित मदिरालाई आवश्यक कानुन प्रकृया पुरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
भारतको बिहार राज्यमा मदिरा निषेध रहेको छ ।भारत बिहारमा मदिरा निषेध गरिएपछि बिभिन्न सवारी साधनको प्रयोग गरी नेपालबाट बिहारमा मदिराको तस्करी हुने गरको छ ।
नेपालको बिहारसित खुल्ला सीमानाको फाईदा उठाउदै तस्करहरुले गाडी तथा मानिसको प्रयोग गरी नेपालमा उत्पादित मदिरा बिहारमा लग्ने गरेका छन् ।


