स्रोत नखुलेको सोह्र लाख रुपैया बरामद

साझेदारी दैनिक
1.1k पाठक संख्या

रञ्जन यादब/
बारा प्रहरीले आज स्रोत नखुलेको १६ लाख नेपाली रुपैया बरामद गरेको छ ।महागढीमाई नगरपालिका वडा नं.७ बेनौली स्थित सडकमा चेकिङगको क्रममा स्रोत नखुलेको १६ लाख रुपैया बरामद भएको हो ।

प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा प्रहरीलाई देखेर मोटरसाईकल चालकले आफुसँग झोलामा बोकेको रकम फालि फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

बरामद रकममा रू.एक हजार दरका ७ सय ६२ थान र .रू ५सय दरको १ हजार ६ सय ७६ थान रहेको छ ।फरार रहेका मोटरसाईकल .तथा चालकलाई खोज तलास कार्य भईरहेको छ ।

स्रोत नखुलेको बरामद रकम जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a review

This will close in 0 seconds