स्रोत नखुलेको दश लाख नगद सहित भारतीय नागरिक नेहाल पक्राउ

राम मण्डल
304 पाठक संख्या

वीरगञ्ज : स्रोत नखुलेको १० लाख नगद सहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल ग्राम रक्सौल वडा नं.१७ बस्ने वर्ष २२ को नेहाल कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–८ लिंक रोडबाट उनलाई जाँच गर्दा प्रहरीले पक्राउ गरेको हो। नेहालको साथबाट दस लाख रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

रकमसहित पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुभाष भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review