Sajhedari Daily
Latest News from Nepal

कोरोनाबाट बारामा २ जनाको मृत्यू

Top Aside Banner

बारामा कोरोनबाट २ जनाको मृत्यू भएको प्रहरीले जानएको छ । मृत्यु हुनेहरुमा बारा बीरगंजस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउपालिका वडा नम्बर ४ प्रशुरामपुरका ७२ बर्षिय भुपलाल यादब र महागढीमाई नगरपालिका वडा नम्बर ४  दहियारटोलका ५९ बर्षिय गेनालाल प्रसाद साहको मृत्यु भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

यादवको बिहान ६ बजे र साहको बिहान ९ बजे मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ । पछिल्लो मृत्यू सँगै जिल्लामा कोरोना भाईरस संक्रमणका कारण मर्ने ब्यक्ति संख्या १२ जना पुगेकोको छ ।

कोरोनाबाट संक्रमित ६ सय ८० जना, डिस्चार्ज भएको संख्याल २ सय ५२ जना रहेको छ भने केही हामे आइसोलेसन र बाकी शैक्षिक तालिक केन्द्रमा रहेको आइसोलेसनमा अपचार गराईरहेको प्रहरी प्रवतmा मिश्रले भन्नुभयो ।