यूवा संघको स्थापना दिवसमा फलफूल वितरण

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 170 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा मंगलवार कलैयास्थित प्रादेशिक अस्पतालका बिरामिहरुलाई फलफुल वितरण गरेको छ ।

संघका केन्द्रीय सचिव तथा एमाले मधेश प्रदेश समिति सदस्य मोबिन आलमको प्रमुख अतिथ्यतामा यूवा संघ बारा जिल्लाका अध्यक्ष सद्दाम अंसारीको अध्यक्षतामा फलफूल वितरण गरिएको हो ।

कार्यक्रममा अस्पतालको आकस्मिक,ओपिडी तथा विभिन्न वार्डका बिरामीलाई फलफूल वितरण गरिएको हो । सो अवसरमा स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

फलफूल वितरण कार्यक्रममा,केन्द्रीय सदस्य राम यादव,पूर्व जिल्ला अध्यक्ष तथा एमाले जिल्ला सदस्य पुरुषोत्तम साह,उपसचिव रौशन यादव,ध्रुव साह,जाबेद अंसारी,बिक्की साह लगायतको सहभागितामा फलफूल वितरण गरिएको हो ।

प्रमुख अतिथि आलमले यूवा संघ नेपाल देशका युवाहरुको हक अधिकारका लागि लड्ने एकमात्र संगठन यूवा संघ रहेको दावी गरे ।

उनले देशमा व्याप्त भ्रष्टाचार तथा यूवा पलायन रोक्न दवावमुलक कार्यहरु गर्दै आएको बताए। राष्ट्रिय यूवा संघ नेकपा एमाले निकटस्थ यूवाहरुको संगठन हो ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review