वीरगञ्जमा भयो घोडा दौड प्रतियोगिता

साझेदारी दैनिक
328 पाठक संख्या

पर्साको वीरगन्जमा आईतवार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयोजना गरेको उक्त घोडा दौड प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।

प्रतियोगितामा नेपाल र भारतका नेपाल र भारतका गरी २५ वटा घोडाको सहभागिता रहको थियो । वीरगञ्जको नगवामा आयोजित नौं दिने शिवशक्ती रुद्र महायज्ञको अवसरमा मञ्चले उक्त घोडा दौड प्रतियोगिता संचालन गरेको हो ।

प्रतियोगितामा भारत बिहारको मोतिहारीका नन्दकिशोर सहनीको घोडा प्रथम,भारत बिहारकै रामगढवा भेडिहारीका जोगिन्द्र यादवको घोडा दोस्रो र नेपालको बारा कलैया उपमहानगरपालिका स्थित सिस्वा महेशपुरका कृष्ण मुरारी यादवको घोडा तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम भएको घोडसवार(घोडा धनी)लाई ४० लिटरको कुलर,दोस्रो हुने घोडसवारलाई ३० लिटरको कुलर र तेस्रो हुने घोडसवारलाई स्टेन फ्यान लगायत पुरस्कार हस्तान्तरण गरिएको छ।

दौड प्रतियोगिता समापन समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस नेताहरु दिना गुप्ता,सन्तोष सिंह लगायतको पनि उपस्थिति थियो ।

Leave a review