भारत विहारसंग सीमा जोडिएको बारा,पर्साका सीमानाका तीन दिनका लागि बन्द

राम मण्डल
332 पाठक संख्या

भारतको बिहार राज्यमा हुने लोकसभाको छैठो चरणको निर्वाचनको लागि बारा,पर्सास्थित नेपाल भारत सीमानाका बन्द गरिएको छ ।

लोकसभा निर्बाचनलाई दृष्टिगत गर्दै गर्दै बिहीबार बिहान ६ बजेदेखि तीन दिनको लागि बारा पर्साको सीमानाका बन्द गरिएको हो ।

मई २५ अर्थात जेठ १२ गते बिहारको पचिमी चम्पारण जिल्लामा लोकसभा चुनाव हुने भएकोले सीमानाका बन्द गरिएको बारा, पर्साका जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

बिहीबार बिहान ६ बजे देखि बन्द भएको सीमा नाका जेठ १२ गते साँझ ६ बजेसम्मको लागि बन्द भएको हो । दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टा अगावै सीमानाका बन्द गर्ने परम्परा रहेको छ । सोही अनुसार नै नाका बन्द भएको हो । 

पश्चिम चम्पारण,बेतिया (बिहार) को पत्रबाट चुनावको लागि सीमानाका बन्द गर्न अनुरोध भई आए बमोजिम सीमानाका बन्द गरिने यसअघि नै बारा तथा पर्साका जिल्ला प्रशासन कार्यालयले सुचना मार्फत जानकारी गराएको थियो ।

बारापर्सा जिल्लामा भारतको बिहार राज्यसित जोडिएको करिब एक सय ५०किलोमिटर सीमानाका पर्दछ । सीमा नाका बन्द भएसंगैसीमा क्षेत्रमा गाडीको आवत जावत बन्द भएको छ ।

कही कही मानिस भने पैदल प्रवेश गरिरहेको पाइएको छ । सुरक्षाकर्मी नभएको ठाउँबाट मानिसहरु अत्यावश्यक कामले आउ जाउ गरिरहेका हुन् ।

Leave a review