कलैयामा गरियो स्वयमसेविकाहरुलाई सम्मान

रञ्जन यादव
393 पाठक संख्या

२० औं राष्ट्रीय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा बाराको कलैयामा उत्कृष्ट स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ ।

कलैया उपमहानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उपमहानगरपालिकाको २७ वटै वडाबाट आएका स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको हो ।

’स्वास्थ्य क्षेत्रमा दिगो विकाश महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविकाको संयुक्त प्रयास’ भन्ने नाराका सांथ सो दिवस मनाइएको हो ।

नगर प्रमुख बिनोद साहले उनीहरुलाई दोसल्ला ओढाई सम्मान–पत्र सहित सम्मानित गरेका हुन् ।

उक्त अवसरमा युवा,शिक्षा तथा खेलकुद महाशाखाका उप सचिव प्रहलाद वर्णवाल,स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल,मनोज यादव,युएसआईडीका तेजनारायण साह, आसमान नेपालका डा.वीरेन्द्र सिंह लगायतको उपस्थिति थियो

Leave a review

This will close in 0 seconds