जेठ १९ गते देखि हुने भयो प्रथम लोहसण्डा गोल्डकप

रञ्जन यादव
275 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ ।

आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने जानकारी दिएका हुन् ।

प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेतालाई नगद ४० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ । क्लबका अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा म्यान अफ दी मैच नगद १५ सय र प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाउने जानकारी दिएका हुन् ।

प्रतियोगितामा आयोजक सहित आठ वटा टीमको सहभागिता रहने छ । प्रतियोगितामा वीरगंज सिटी बीरगंज,जनशक्ति क्लब कोल्हवी,श्री वन शक्ति युवा क्लब सिद्धपुर,पर्सागढी युवा स्पोर्ट्स क्लब बढनियार,चन्द्रपुर एफसी क्लब रौतहट,बीरगंज युथ एकेडेमी बीरगंज,सायनिङ युथ क्लब मनहर्वा बारा र आयोजक सनराईज युथ क्लब लोहसण्डाको सहभागिता रहने छ ।

गोल्डकपको पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिव शंकर प्रसाद कुशवाहाले लोहसण्डामा पहिलो पटक हुन लागेको गोल्डकपको लागि वडाले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए ।

सनराईज युथ क्लबले प्रथम लोहसण्डा गोल्डकप सफलतापूर्वक सम्पन्न गरे पछि अर्को बर्ष यश गोल्डकपलाई निरन्तरता दिने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिता ब्यवस्थापनको लागि करिब ६ लाख २५ हजार खर्छ हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा वडा सदस्य गङा पटेल,रुदल सहनी लगायतको सहभागिता रहेको थियो ।

Leave a review