स्वास्थ्य केन्द्रमा भएको हस्तक्षेपको विरोध

साझेदारी दैनिक
455 पाठक संख्या

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा कार्यालयले स्वास्थ्य क्षेत्रमा भएको हस्तक्षेपको विरोध गरेको छ ।

वडा अध्यक्ष चतुरबाबु वाग्लेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यस्को विरोध गरेका हुन् ।

उनले वडा नम्बर १८ उचिडीहमा शुक्रबार स्वास्थ्य चौकीमा हस्तक्षेप गरिएको विज्ञप्तिमा लेखेका छन् ।

भू–माफियाको मिलोमतोमा कलैया उपमहानगरपालिकाको नगरप्रमुख विनोद साहको मौखिक निर्देशनमा २०÷२५ जना नगर प्रहरी र दुई जना अमिनको टोलीले ठाडो हस्तक्षेप गरेको सो विज्ञप्तिमा आरोप लगाइएको छ ।

स्वाधीन लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानको मर्म र भावना विपरित विना समन्वय विना जानकारी एक पालिकाले अर्को पालिकाको स्वायत अधिकार माथि स्थानीय सरकारको शक्ति दुरुपयोग गरी स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा निर्माणधिन भौतिक संरचनाको तोडफो अवरोध र हुलहुज्जत गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

विज्ञप्तिमा अराजक गतिविधि गरी गैरजिम्मेवारपूर्ण हर्कत पदीय मर्यादा विपरित रहेको विज्ञप्तिमा वडा कार्यालयले ठहर गरेको छ । कुनै पनि समस्या समाधान गर्न छलफल,समन्वय,वहस हुन अति जरुरी रहेको विज्ञप्तिमा लेखिएको छ ।

बहस गर्ने र समाधान निकाल्ने कानुनी निकाय हुदा हुदै एक स्थानीय तहले अर्को स्थानीय तहमाथि गरेको दुव्र्यवहार र शक्ति प्रदर्शन गरी शक्तिको आडमा राज्यको सम्पति माथि हस्तक्षेप गरी सम्पतिको दुरुपयोग गर्न चाहने दोषीलाई कानुनी दायरामा ल्याउने प्रकृया अगाी बढाउन नेपाल सरकारसंग विज्ञप्तिमा जोडदार माग गरिएको छ ।

Leave a review

This will close in 0 seconds