निजगढ नगरपालिका वडा नम्बर ८ का विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएकोछ ।
निजगढ नगरपालिकाको कार्यपालिका सदस्य लक्षित कोषबाट कार्यपालिका सदस्य मनमाया तामङको योजना मार्फत जस्तापाता वितरण गरिएको हो ।
मंगलबार आयोजित जस्तापाता वितरण कार्यक्रममा प्रमुख अतिथी निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाले वडा कार्यालयले वडा भित्र बिकास निर्माणका कार्यसङ्गै सामाजिक बिकासका योजनाहरुलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
वडा अध्यक्ष लामाले वडा कार्यालयले आर्थिक रुपमा विपन्न घरपरिवारका नागरिकहरुलाई सामाजिक बिकासका कार्यक्रमहरुमा विशेष प्राथमिकतामा राखेर उनिहरुको सीप र क्षमता अभिवृद्धि सनेत गरिरहेको बताछन ।
कार्यक्रममा कार्यपालिका सदस्य मनमाया तामाङले नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने खाल्का अन्य योजनाहरु पनि आफ्नो कार्यपालिका लक्षित कोष मार्फत संचालन गरिने बताईन ।
जस्तापाता वितरण कार्यक्रम अन्तर्गत वडा नम्बर ८ भित्रका ५ वटा घरपरिवारलाई जस्तापाता वितरण गरिएकोथियो ।
निजगढ क्रीयटिभ स्किल डेभलपमेन्ट प्रा लिद्वारा आयोजित कार्यक्रमको सभापती विष्णुगोपाल रुसाल,कार्यपालिका सदस्य पवित्रा सुनार,वडा सदस्यद्वय प्रेम बहादुर घिमिरे,शालिकराम ढुङ्गाना,निजगढ वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष टेक बहादुर लामा लगायतको सहभागिता रहेकोथियो ।

