प्रसौनी गाउँपालिकाद्वारा पैतालीस करोड,पाँच लाख रुपैयाँ बराबरको आय व्यय प्रस्तुत

साझेदारी दैनिक
278 पाठक संख्या

बाराको प्रसौनी गाउँपालिकाको १५ औं गाउ सभामा ४५ करोड,पाँच लाख रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरिएको छ ।

गाउँ सभामा गाउँपालिकाका अध्यक्ष विनोद जैसवालले आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट शुक्रबार प्रस्तुत गरेका हुन् ।

बजेटमा नेपाल सरकारको समानिकरण अनुदान १० करोड सात लाख आयको अनुमान गरिएको छ । सशर्त अनुदान १५ करोड,१५ लाख ६२ हजार रुपैयाँ अनुदान प्रक्षेपण गरिएको छ ।

विशेष अनुदान दुई करोड २० लाखको प्रक्षेपण गरिएको छ । समपुरक एक करोड ९५ लाखको अनुमान गरिएको छ । राजश्व बाँडफाँड अन्तर्गत सात करोड ७९ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

प्रदेश सरकारको समानिकरण अनुदान ८५ लाखको अनुमान गरिएको छ । सशर्त अनुदान ५० लाख रुपैयाँ रहेको छ । विशेष अनुदान ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

समपुरक अनुदान २० लाख रुपैयाँ प्रक्षेपण गरिएको छ । राजश्व बाँडफाँडमा ५० लाख रुपैयाँ र गत आर्थिक वर्ष मौज्दात समेत आन्तरिक राजश्व तीन करोड रुपैयाँ प्रक्षेपण गरिएको छ ।

अन्य आय(अनुदान फिर्ता,गत विगतको दाखिल गर्न बाँकी कर दायित्व समेत) चार करोड,५३ लाख ३८ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ । गाउँपालिकाको आर्थिक विकासगर्ने नीति गाउँपालिकाले अघि सारेको हो ।

यस्तै सामाजिक क्षेत्र,भौतिक पूर्वाधार विकास सम्बन्धी नीति गाउँपालिका अध्यक्ष जैसवालले सो कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

यस्तै सिचाई,वन,वातावरण,जलवायु,परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी नीतिलाई उनले प्रस्तुत गरेका हुन् ।सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति उनले अघि सारेका हुन् ।

उद्योग तथा पर्यटन, कृषि तथा पशुपंक्षी,सहकारी,जलश्रोत तथा सिचाई,वन,वाणिज्य,तथा सामाजिक विकास सम्बन्धी नीति उनले प्रस्तुत गरेका हुन् ।

यूवा तथा खेलकुद,लैंगिक समानता र सामाजिक समावेशीकरण, सवास्थ्य,खानेपानी तथा सरसफाई,भाषा तथा संस्कृति,भौतिक पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम,भवन तथा शहरी विकास, सूचना तथा सञ्चार सम्बन्धी नीति जैसवालले प्रस्तुत गरेका हुन् ।

न्याय,कानून तथा मानव अधिकार प्रवद्र्धन सम्बन्धी नीति तथा कार्यक्रम समेत उनले प्रस्तुत गरेका हुन् । सूशासन,सार्वजनिक सेवा, तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम सो अवसरमा प्रस्तुत गरिएको हो ।

जलवायु परिवर्तन अनुकुलन÷न्यूनिकरण तथा विपद व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम उनले प्रस्तुत गरेका हुन् । यस्तै राजश्व तथा आन्तरिक श्रोत परिचालन सम्बन्धी उनले नीति प्रस्तुत गरेका हुन् ।

सम्बृद्ध प्रसौनी पालिका सुखी प्रसौनी पालिकावासी भन्ने मूल नीति प्रसौनी गाउँपालिकाको रहेको छ । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवीको विशेष उपस्थिति रहेको थियो ।

प्रसौनी गाउँपालिकामा वडा अध्यक्षहरु ललबाबु मुखिया,हिरदयकुमार साह,तेली,छोटालाल प्रसाद कानु याकुब अन्सारी,सन्तोषकुमार साह, वृजकिशोर कुशवाहा,ईस्लाम मिया रहेका छन् ।

गाउँपालिकाको कार्यपालिका सदस्य सुनैनादेवी कलवारिन्,लालमुनी देवी तत्मा,चिन्ता देवी,अनिता कुमारी साह,शिवजीकुमार कलवार, राजहरणप्रसाद साह रहेका छन् ।

कार्यक्रमको सञ्चालन सन्तोष साह रौनियार तथा स्वागत प्रमुख प्रशासकीय अधिकृत सुमित कुमारको रहेको थियो ।

Leave a review