दलितको पक्षमा आवाज बुलन्द पार्न पूर्व मन्त्री कलावती पासवानको आग्रह

साझेदारी दैनिक
363 पाठक संख्या

दलित समुदायको समस्या तथा उनीहरुको पक्षमा आवाज बुलन्द पार्न पूर्व मन्त्री कलावती पासवानले शनिबार आग्रह गरेकीछन् ।

बाराको कलैया ४ अवस्थित नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको सभा हलमा राष्ट्रिय दलित पत्रकार संघको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन् ।

उनले दलित समुदायको अवस्था पहिलेकै जस्तो रहेको बताउँदै यो समूदाय राज्यको मूलधारमा नआउन्जेल देशको विकास हुन नसक्ने बताइन् ।

उनले आवाजविहीनहरुको आवाजको रुपमा काम गर्न आग्रह गरिन् ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी संविधान सभा सदस्य पासवानले अहिले स्थानीय तहमा रहेको दलितको लागि छुटयाइएको पैसाको दुरुपयोग भइरहेको आरोप लगाइन् ।

सो कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले आवाजविहीनहरुको आवाजको रुपमा काम गर्न पत्रकारहरुलाई आग्रह गरे। दलित सशक्तिकरण आवश्यक रहेको बताए ।

उनले अहिलेको अवस्थामा दलितहरुको लागि छुटयाइएको बजेटको दुरुपयोग भइरहेकोमा सो सम्बन्धमा कलम चलाउन आग्रह गरे । विशिष्ट अतिथि विश्वकर्माले सबै दलितविच एक जुटता आवश्यक रहेको बताए ।

सबै दलितलाई समेटेर हिडनुपर्ने जनाउदै पीडितहरुको पक्षमा सशक्त कलम बन्नुपर्ने बताए । कलमको शक्ति निकै धेरै भएको बताउँदै यस शक्तिको सदुपयोग आवश्यक रहेको उनले बताए ।

समाजसेवी शिवदयाल पासवानले दलितहरुको पक्षमा निशुल्क रुपमा काम गर्न आग्रह गरे ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठले सत्य तथ्य निष्पक्ष पत्रकारिता आवश्यक रहेको बताए ।

समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव वृजलाल पासवानले दलित पत्रकारहरुले समेत ठूलो सञ्चारगृहमा काम गरिरहेको बताए । यसले दलित सशक्तिकरणमा सहयोग गरिरहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय प्रतिनिधि सिकेन्द्र पासवानले नेपाल पत्रकार मासंघमा दलित पत्रकारहरुको नाम काटिएकोमा आपत्ति व्यक्त गरे । सक्रिय पत्रकारहरुको नाम काटिएको जनाउँदै यसलाई सच्चाउन माग गरे ।

समाजसेवी दिनेश पटेलले पत्रकारहरुको हकहितको लागि सबै मिलेर काम गर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेयले मर्यादित पत्रकारिताबारे चर्चा गरे ।

राष्ट्रिय दलित पत्रकार संघका पूर्व बारा अध्यक्ष सागर विश्वकर्माले संख्यात्मक भन्दा गुणात्मक पत्रकारिता आवश्यक रहेको बताए । उनले सक्रिय व्यक्तित्वलाई नेतृत्व दिन आग्रह गरे । समाजसेवी शर्मा बैठाले यो अधिवेशन ऐतिहाँसिक भएको बताए ।

सो कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ बाराका अध्यक्ष निखिल पासवानको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन उपेन्द्र पासवानको थियो ।

Leave a review