Sajhedari Daily
Latest News from Nepal

कवही गोठ घटनाको छानविनको माग गर्दै जसपाद्वारा कलैयामा प्रदर्शन

बाराको सुवर्ण गाउँपालिकामा भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै जनता समाजवादी पार्टी बाराले विहिवार कलैयामा प्रदर्शन गरेको छ ।

बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टीको नेता कार्यकर्ताले प्रहरी विरुद्ध नाराबाजी गरेका छन । बुधवार राती सुवर्ण गाउँपालिका वडा नम्बर २ स्थित कवहीगोठ बजारमा पर्ने इलाका प्रहरी कार्यालय अगाडि प्रहरी र स्थानीयबीच झडप भएको थियो।

सोही विषयलाई लिएर जसपा बाराले प्रहरी प्रशासन विरुद्ध कलैयामा प्रदर्शन गरेको हो । स्थानीय र प्रहरीवीच भएको झडपमा परि प्रहरीको गोली लागेर स्थानीय एक वालक घाईते भएका छन । घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न जसपाले माग गरेको छ ।

बधबार राति साँढे ८ बजेतिर भारतबाट ल्याउदै गरेको आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खोज्दा झडप भएको हो । झडपले उग्ररुप लिएपछि प्रहरीले हवाई फायर गरेको र प्रहरीको गोली लागेर बालक घाइते भएका हुन ।

प्रहरीको गोलि लागी सुवर्ण गाउँपालिका वडा नम्बर २ का १४ बर्षिय रन्जन यादवको टाउकोमा गोली लागेको थियो । बालक यादवको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि वीरगन्जको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको छ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो। आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर जिल्लाको गाडी बोलाएर कलैया लान खोज्दा झडप भएको प्रहरी चौकी कवहीगोठले जनाएको छ ।

सयौका जसपाका नेता तथा कार्यकर्ताहरु सहितको निकालिएको जुलुसले नगर परिक्रमा गरि मुख्य चौकमा कोणसभा समेत गरेको थियो । पार्टीले दोषिलाई कारवाही गरि घाईते वालको यथास्रिघ उपचारको व्यवस्था तथा उचित क्षतिपुर्तिको व्यवस्था गर्न माग गरेको छ।

Comments are closed.

error: Content is protected !!