गण्डक नहरमा रहेको पुल दिनप्रतिदिन जीर्ण बन्दै गएका छन । बर्षौदेखि मरम्मत सम्भार नगरिएका नहरका पर्सादेखि रौतहटसम्म फैलिएको पुल दिनप्रतिदिन जीर्ण बन्दै गएको हो ।
नहरमा रहेका थुप्रै पुलहरु जिर्ण भएर भत्किने अवस्थामा पुगेको छ । पर्साकै वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाबीचमा पर्ने गण्डक नहरको पुल अति जीर्ण अवस्थामा पुगेको छ ।
नहरमा रहेका पिलरहरु मध्ये हाल एउटा पिलर भत्किने अवस्थामा पुगेको छ । गत बर्ष नै उक्त पुलका पिल्लरहरु केही भाँसिएका थिए ।सो मध्ये अहिले पुलको पशिचम तर्फ रहेको एउटा पिल्लर चर्किएको छ । पिल्लर चर्किएर पुल नै भत्किने अवस्थामा पुगेको छ ।गण्डक नहरको पुलबाट दैनिक हजारौ सवारी साधनहरु आवतजावत गर्ने गरेका छन ।
सर्वसाधारणहरु पनि दैनिक हजारौको संख्यामा पुल भएर आहोर दोहोर गर्ने गरेका छन ।पुलको एउटा पिल्लर जिर्ण भएर चर्किएको छ । त्यसलाई तुरुन्तै मरम्मत गर्नुपर्ने वा नयाँ पुल नै बनाउनु पर्ने अवश्यकता रहेको स्थानीय वासिन्दो जनाएका छन् । पुल भएर आवत जावत गर्दा डर लाग्ने गरेको तथा ठुला सवारी साधनहरु आउदा पुल नै हल्लिने गरेको पनि स्थानीयको भनाई छ ।पुलको पिल्लर चर्किएर भत्किने अवस्थामा पुगेको छ ।
कुनै पनि बेला दुर्घटना हुनसक्ने भएकाले यसमा समबन्धित निकायको ध्यान जान जरुरी रहेको बहुदरमाई नगरपालिका ४ बहुअरी निवासी चन्दन यादवले जनाए । उनले पुलको अवस्था सुधार गर्नुपर्ने स्थानीय जनप्रतिनिधि,साँसद नारायणी सिँचाईका पदाधिकारीसित माँग गरे ।
यसैबीच पुलको पिल्लरमा चिरा परेपछि पर्सा क्षेत्र नम्बर २ का सांंसद अजय चौरसिया,प्रदेश साँसद श्याम पटेल नारायणी सिँचाईका प्रमुख मनोरञ्जन सिंह,इन्जिनियर ललित यादव, स्थानीयबासी लगायतले पुलको निरीक्षण गरेका छन । निरीक्षणको क्रममा पुलमा काम चाँडै काम सुरु हुन्छ भन्ने आश्वासन उनीहरुले दिएका हुन्।
हालको लागि ठूला सवारी साधनहरू बन्द गर्ने निर्णय गरी आदेश पनि जारी गरिएको नारायणी सिचाईका प्रमुख सिंहले साझेदारी दैनिकलाई बताए । पुलको पिल्लर चर्किएपछि उक्त बाटो भएर ठुला सवारी साधन नचलाउन आग्रह गरिएको छ । पुलको प्रयोग नगरि अन्य बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि सर्ब साधारणहरुलाई अनुरोध गरेको छ । कूल ८१ किलोमिटर लम्बाइको गण्डक नहर पर्सादेखि रौतहट जिल्लासम्म पुगेको छ ।
कृषकको खेतमा सिँचाईको लागि विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले सो नहरको उद्घाटन गरेका थिए । गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल,पुलेसा,कल्भर्टहरु रहेका छन् । ५० वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल,पुलेसा,कल्भर्ट तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ ।
गत बर्ष भने सडक बिभागले गण्डक नहरको बोटो कालोपत्रे गरिसकेको छ ।गण्डक नहरकै बाटो भएर पर्साका ग्रामीण भेगका जनताहरु आवत जावत गर्ने भएकाले सडक सडक विभागले कालोपत्रे गरेको छ । पुल पुलेसाहरु भने जस्ताको तेस्तै रहेको छ ।

