वडा कार्यालयद्रारा खेलाडीहरुलाई ट्रयाक सुट बितरण

साझेदारी दैनिक
238 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा खेलाडीहरुलाई ट्रयाक सुट बितरण गरिएको छ ।

वडा कार्यालयले २४ थान ट्रयाक सुट न्यु युनिक क्लब खैरवालाई बितरण गरेको वडा अध्यक्ष बिन्दालाल साहले जानकारी दिनुभयो ।

एक कार्यक्रमकाबिच वडा अध्यक्ष साहले क्लबका अध्यक्ष रामानन्द बछारलाई ट्रयाकसुट हस्तान्तरण गर्नुभएको थियो। खेलाडीको मनोबल बढाउँने उदेश्यले ट्रयाक सुट बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

ट्रयाकसुट वडा कार्यालयले बितरण गरेर खेलाडीहरुलाई हौसला बढाएकोमा क्लबका अध्यक्ष बछारले धन्यबाद दिनुभएको थियो ।

ट्रयाकसुट बितरण कार्यक्रममा क्लबका सचिव अरुण प्रसाद चौधरी,समाजसेवी तथा खेलकुद प्रेमी दिपलाल राम,राजकुमार साह लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन वडा सचिव त्रिलोक ठाकुरले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds