सरकारले तोक्यो धानको सर्मथन मूल्य

साझेदारी दैनिक
277 पाठक संख्या

सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो बर्षका लागि धानको समर्थन मूल्य तोकेको हो । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ निर्धारण गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/०८२ मा सरकारले मध्यम धानको रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको छ ।

मन्त्री परिषद बैठकपछि पश्चात संचारकर्मीहरुसंग कुरा गर्दै सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो वारे जानकारी गराएकी हुन ।

Leave a review

This will close in 0 seconds