बाराका विभिन्न स्थानहरुमा दैनिक जसो सवारी दुर्घटना भईरहेका छन ।
जिल्ला अन्तरगत पर्ने ठुला राजमार्गदेखी हुलाकी राजमार्ग हुदै छोटा तथा लामा दुरीका सडक खण्डहरुमा दैनिक जसो सवारी दुर्घटना भईरहेको छ । अधिकांश हुने दुर्घटना ट्राफिक नियमको पानला नगरेरै हो ।
बारामा नियमित रुपमा सवारीसाधनको चेकजाँच भईरहेको छ । तरपनि सवारी दुर्घटनामा कमी आएको छैन । दैनिकजसो सवारी दुर्घटना भईरहेको छ । बुधवार फेरी अर्को एउटा सवारी दुर्घटना भएको छ ।
जिल्लामा बुधवार ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको । प्रहरीको अनुसार असार २२ गते जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उन्नासी पुल स्थित पुर्व पश्चिम लोकमार्गमा ट्रकले नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५० को पुरूष व्यक्तिलाई ठक्कर मारी फरार भएको थियो ।
पक्राउ पर्नेमा सवारी चालक जिल्ला सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी २९ वर्षीय अनिश खरेल रहेको साथै ना ८ ख ३९७५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घाईतेलाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारा पठाईएकोमा उनको स्वास्थ्यमा सुधार नभई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा असार २३ गते राती उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
सुक्ष्म अनुसन्धान पश्चात उक्त घटनामा संलग्न रहेको सवारी साधन तथा चालक समेतलाई पत्ता लगाई खोजतलास गरी असर २६ गते ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट सवारी ज्यान सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।


