प्रहरीद्वारा एक करोड भन्दा बढी मूल्य बराबरको अबैध प्याज नियन्त्रणमा

साझेदारी दैनिक
298 पाठक संख्या

बारा प्रहरीले भाद्रदेखि हाल सम्म एक करोड भन्दा बढी मूल्यको अवैध प्याज नियन्त्रणमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय,बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत भाद्रदेखि हालसम्ममा सो प्याज बरामद गरेको हो ।

भन्सार छलीका १ करोड १५ लाख ८ हजार ७ सय रूपैया मूल्य बराबरको अबैध प्याज नियन्त्रणमा लिएको हो ।

आवश्यक कारवाहीको लागि सो प्याजलाई भन्सार कार्यालय वीरगंज,पर्सा र राजश्व कार्यालय पथलैया बारामा बझुाइएको सो विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी पथलैयाले पिकअपमा लोड गरिएको ९२ लाख रुपैयाँ बराबरको प्याज असोज २४ गते प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाले असोज २६ गते एक लाख ४० हजार रुपैयाँ बराबरको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाले मंसिर २५ गते २४ हजार बराबरको
बा.प्र.०३–००१ च १२७८ नं.को प्याज लोड पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर २६ गते एक लाख १८ हजार सात सय ५० रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजले सोही दिन एक लाख १८ हजार सात सय ५० रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाले मंसिर ३० गते एक लाख २५ हजार बराबरको प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

प्रहरी चौकी पथलैयाले पुस १ गते ३६ हजार चार सय रुपैया बराबरको प्याज नियन्त्रणमा लिएको हो । प्रहरी चौकी पथलैयाले पुस ३ गते ५५ हजार बराबरको प्याज नियन्त्रणमा प्रहरीले लिएको छ ।

प्रहरी चौकी पथलैयाले पुस ४ गते ५५ हजार बराबरको प्याज नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरले पुस ५ गते ७८ हजार तीन सय रुपैयाँ बराबरको प्याज नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाले पुस ५ गते २७ हजार पाँच सय रुपैयाँ बराबरको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय जीतपुरले पुस ७ गते एक लाख ८० हजार रुपैयाँ बराबरको पिकअप लोड प्याज प्रहरीले बरामद गरेको हो ।

Leave a review