विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न अनुरोध

साझेदारी दैनिक
251 पाठक संख्या

गर्मी कम नभएपछि वीरगञ्जका विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ ।

यस्तो अनुरोध वीरगञ्ज महानगरपालिकाले गरेको हो ।महानगरले एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो ।महानगरमा रहेका विद्यालयहरुमा बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाले आइतवार एक सूचना जारी गरेको हो । उसले जेष्ठ २८ गते देखि बिहान साढे १०ः३० बजेसम्म पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

पछिल्लो दिनमा मधेस प्रदेशका जिल्लाहरुसँगै वीरगञ्जमा बढेको गर्मी झनै बढदै गएर पठनपाठनमा समस्या भएको हो । यसैले बिहानी कक्षा सञ्चालन गरिएको महानगरले जानकारी दिएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि २८ गते सोमबारदेखि बिहान साढे दस बजेसम्म भित्रमा कक्षा सञ्चालन गरिसक्नु पर्ने महानगरले जारी गरेको सूचनामा लेखेको छ । सूचनामा महानगरमा रहेको सँस्थागत र सामुदायिक सबै बिधालयलाई कक्षा समबन्धि निर्देशन जारी गरेको हो ।

Leave a review

This will close in 0 seconds