जीतपुरसिमराकी प्रप्रअ काफ्लेको सरुवा,पुराना पोखरेल आउदै,बजेट कार्यान्वयमा अफ्ठ्यारो गर्न प्रप्रअको सरुवा गराईयो–नगरप्रमुख पौडेल

साझेदारी दैनिक
327 पाठक संख्या

बारा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा भएको छ ।

गत बैशाख २८ गते उपमहानगरमा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत काफ्लेको झण्डै दुई महिनामा नै सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई अतिरिक्त समूहमा सरुवा गरेको हो ।

मन्त्रालयले उनको ठाउमा उपसचिव चेतकुमार पोखरेललाई जीतपुरसिमरा पठाउन लागेको छ । पोखरेल अढाई वर्ष जीतपुरमिमरा उपमहानगरपालिका मै प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्य गरिसकेका छन ।

शिक्षा समन्वय ईकाई धनुषामा हाल कार्यरत पोखरेललाई तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिईएको मन्त्रालयको स्रोतले बताएका छ ।

१० औं नगर सभाबाट पारिद बजेट कार्यान्वयमा बाधा गर्न प्रमुख प्रशासनकीय अधिकृतको सरुवा भएको नगरप्रमुख राजन पौडेलले बताएका छन । उनले षडयन्त्रपुर्ण रुपमा रुपमा सरुवा भएको बताएका छन।

यता सत्ता परिवर्तन भएसंगै संघीय मामिलामा नयाँ मन्त्री आउनु र दुई महिना नवित्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा विषय यतिखेर निकै पेचिलो बनेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको असन्तुष्टीलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हुन सक्ने देखिएको छ ।

नगरप्रमुख राजन पौडेलले १० औं नगर सभा एक्लौटी गरेको भन्दै असन्तुष्टी जनाउदै आएका उपप्रमुख भोला प्रसाद अधिकारी सहित वडाअध्यक्षहरुले नगरसभा रोक्न उच्च अदालत सम्म पुगेकाथिए ।

उच्च अदालतबाट पनि बजेट कार्यान्वयमा रोक नलगाएपछि नगरप्रमुख पौडेलले ल्याएका एक्लौटी बजेटलाई निरुत्साहित गर्न विपक्षी टोली नगरप्रमुख पौडेललाई साथ दिएको प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई सरुवा गराएका नगरप्रमुख पौडेललाई असहज गर्न प्रयासमा उपप्रमुख अधिकारी सहितको टोली लागि परेको नगरप्रमुख पौडेल पक्षको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हटेसंगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साका एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन ।

उपप्रमुख भोला अधिकारी नेतृत्वको जनप्रतिनिधिको टोलीले मन्त्री गुप्तासंग भेटघाट गरेसंगै प्रशासकीय अधिकृतको सरुवा हुनुले नगरप्रमुख पौडेलले ल्याएको बजेटलाई कार्यान्वय गर्न रोक्ने प्रयासकै लागि परेको बुझिएको छ ।

यता जीतपुरसिमरा आउन लागेका पोखरेललाई उपमहानगरका नगरप्रमुख पौडेलले हाजिर नगराउने बुझिएको छ । नगरप्रमुख पौडेलले पोखरेललाई हाजिर नगराउने पौडेलल निकट एक स्रोतले बताएको छ ।

मेयर राजन पौडेल पोखरेलप्रति सकारात्मक नदेख्रिएकाले नै यसअघि पनि उनलाई ल्याउने प्रयास सफल भएको थिएन । यसअघि उपमहानगरपालिकामा रहदा पोखरेल र नगरप्रमुख पौडेलवीच सम्बन्धमा तिक्तता रहेको छ ।

Leave a review