रञ्जन यादव/
ट्रयाक्टरमा काठ लोड गरि लग्दै गरेको अवस्थामा प्रहरीले बाराको मटिअर्वाबाट मंगलवार नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा सडकबाट ना ७ त ३४७३ नम्बरको ट्रयाक्टरमा सिमलको काठ टे«कटरमा लोड गरि लग्दै गरेको अवस्थामा चालक सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ट्रयाक्टर चालक कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष ४५ का शिवशंकर धानुक रहेका छन् । विशेष सुराकीको आधारमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी गस्ती टोलीले मटिअर्वा सड्कखण्डबाट तीन थान ७० क्युफिट सिमलको काठ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद सिमल जातको गोलिया काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीको लागि सव डिभिजन कार्यालय कलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बारा प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभएको छ ।