आईसोलेसन बनाउन जीतपुरसिमराका प्रमुखलाई वडा अध्यक्षहरुले दवाव,कोरोना रोकथाम सम्बन्धमा नगर प्रमुख गम्भिर नभएको आरोप

साझेदारी दैनिक
साझेदारी दैनिक 461 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुखलाई वडा अध्यक्षहरुले आईसोलेसन बनाउँन दबाब दिएका छन् ।
नेकपा निकटका वडा अध्यक्षहरुले नगरप्रमुख डा.कृष्ण पौडेललाई मंगलवार दुई सय बेड क्षमता को आईसोलेसन बनाउन ध्यान आकर्षणसहितको पत्र बुझाएका हुन् ।

वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले लिखित रुपमै १२ बुँदे मागहरु कार्यान्वयन गर्न दबाब दिएका छन् । उनीहरुले पिसिआर मेसिन खरिद गर्नुपर्ने निर्णय कार्यान्वयन गरि प्रत्येक वडाबाट स्बाब परिक्षण गर्नुपर्ने, हालसम्मको क्वारेन्टीनमा लागेको खर्चहरु सार्बजनिक गर्नुपर्ने, दुई सय बेडको आईसोलेसन बनाई सञ्चालन गर्नुपर्ने, सम्पन्न योजनाहरुको रकम भुक्तानी गनुपर्ने, ठेक्का बापतको रकम ठेक्कदारबाट तुरन्त असुल उपर गर्नुपर्ने, नगरसभाबाट पारित योजनाहरु रेड बुकमा सार्बजनिक गनुपर्ने, होमआईसोलेसनमा स्वास्थ्यकर्मी परिचालन तथा होम आईसोलेसन ब्यवस्थापन गर्नुपर्ने लगायत उद्योगहरुले स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन भएका वा नभएको अनुगमन गर्नुपर्ने लगायतको १२ बुँदे माग सहितको ध्यानआकर्षण पत्र बुझाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री (ईश्वर)ले नगर प्रमुखलाई कोरोना भाईरस नियन्त्रण र रोकथाम सम्बन्धमा गम्भिर हुन आग्रह गरेका छन ।

आफुहरुको माग सम्बन्धमा नगर प्रमुख गम्भिर नभएमा थप बिरोधको कार्यक्रमहरु ल्याउँदै जाने वडाअध्यक्षहरु ब्ताउछन । ध्यानआकर्षण पत्रमा नेकपा निकट साँत जना वडा अध्यक्षहरुको हस्ताक्षर रहेको छ । पत्रमा बिभिन्न कारणले नेकपाका अरु वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले पत्रमा हस्ताक्षर गर्न नसकेपनि आफुहरुको पुर्ण समर्थन रहेको बताएको वडा नं.१६ का वडा अध्यक्ष केदार प्रसाद बजगाँईले जानकारी दिनुभयो ।

नगर प्रमुखलाई उहाँकै निवासमा ध्यान आकर्षण बुझाउँने कार्यक्रममा वडा नं.४ का अध्यक्ष खत्री ,वडा नं.१४ का वडा अध्यक्ष रामसरण बर्तौला र वडा नं.१६ का वडा अध्यक्ष बजगाईको सहभागिता रहेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा करिब दुई सयको सङख्यामा कोरोना संक्रमित पुग्दा पनि उपमहानगरपालिकाले अहिलेसम्म आईसोलेसन बनाएको छैन् । जीतपुरसिमरा उपमहानगरपालिकामा ३४ जना कार्यपालिका सदस्यहरुमध्ये २७ जना नेकपा निकट नै रहेका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review