नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ

संदिप प्रसाद यादव
219 पाठक संख्या

बारा प्रहरीले नक्कली नेपाली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा बिहीबार ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही स्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जादै गरेको अन टेस्ट होण्डा साईन मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा उक्त नक्कली नेपाली नोट सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही बस्ने अन्दाजी ३५ वर्षीय छठु गिरी रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

उनको साथबाट नेपाली रू. एक हजारको नोट ८५ वटा गरी जम्मा रू पचासी हजार रुपैयाँ प्रहरीले बरामद गरेको उनले बताए ।

नक्कली नेपाली नोट बरामद गरी गिरिलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ८ (आठ) दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds