Sajhedari Daily
Latest News from Nepal

सांसद चौधरीको संसदीय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत सामुदायिक भवन निर्माण कार्य शुरु

Top Aside Banner

नवराज चौलागाईं,/
बारा क्षेत्र नम्बर १ का सांसद उमाकान्त चौधरीको संसदीय क्षेत्र बिकास कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर १ भरतगंज सिंगौल स्थित कछाडीया वस्तीमा सामुदायिक भवन निर्माण कार्य शुरु भएको छ ।

भवनको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिहिबार शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै मेयर खनालले भवन निमार्ण पश्चात कछाडिया समुदायको सांस्कृतिक र सामाजिक कार्य संचालन गर्न भवन उपयोगी हुने भन्दै भवन निमार्णमा नगरपालिकाले पनि आगामी वर्षहरुमा सहयोग गर्ने बताउनुभयो ।

मेयर खनालले कछाडिया समुदाय आदिवासीको रुपमा रहेपनि अन्य समुदाय भन्दा पछाडी परेको भन्दै शिक्षाको माध्यमबाट अघि बढ्न प्रेरित गर्नुभयो । सांसद चौधरीको संसदीय क्षेत्र बिकास कोषबाट विनियोजित १० लाख रुपैंयाको लागतमा उक्त सामुदायिक भवनको निर्माण हुन् लागेको वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चनले बताउनुभयो ।