बिमल खडकाको अध्यक्षतामा घोडामसान शितलपुर सिचाई समिति गठन

साझेदारी दैनिक
261 पाठक संख्या

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका ५ मा घोडामसान शितलपुर सिचाई आयोजना समिति गठन भएको छ।

समाजसेवी बिमल खडकाको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत समिति गठन भएको हो। ठोरी ५ का वडा अध्यक्ष अष्टबहादुर लोप्चनको अध्यक्षतामा सम्पन्न भेलाले सो समिति गठन गरेको हो।

भेलामा सुवर्णपुर र जिराभवानीको शान्तिटोल,बसन्तपुर,काठमाडौं टोल,भवानिपुर पिपरा र हरैयाका आम कृषकहरुको सहभागिता रहेको हो।

पर्सा जिल्लाको ठोरी गापा ५ स्थित घोडामसान शितलपुर सिचाई योजना समिती बिक्रम सम्वत २०२२ साल देखि नै सन्चालनमा रहेको छ। निवर्तमान अध्यक्ष जरिलाल थिङको निधन पछि अध्यक्ष लगायत सम्पूर्ण समिति पुनर्गठन गरिएको हो।

समितिको उपाध्यक्षमा भेक बहादुर स्याङ्बो,सचिव रुप बहादुर श्रेष्ठ ,कोषाध्यक्ष शिवशंकर प्रसाद चौधरी ,सहसचिव सरिता कुमारी पौडेल रहेका छन्।

समितिको सदस्यहरुमा समि स्याताङ्ग, चनतारा देवि सहनी,मूर्ति कुमारी, वीरेन्द्र मिर्दाहा,नन्दु खां थारु, तेतराप्रसाद थारु रहेका छन्।

सल्लाहकार समितिमा अष्ट बहादुर लोप्चन,लक्ष्मी प्रसाद चौधरी,देवि प्रसाद दाहाल,सोमनाथ सापकोटा र रेवती घिमिरे रहेका छन्।

Leave a review

This will close in 0 seconds