सशस्त्रद्रारा लाखौ मूल्य बराबरको सामाग्री बरामद

साझेदारी दैनिक
302 पाठक संख्या

पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीले लाखौ मुल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार गेट आसपासको क्षेत्रबाट झण्डै ३१ लख १८ हजार ९५० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा किराना सामान, कपडा,एप्पल कम्पनीको एयरबड्स र स्मार्टवाच तथा मोबाईलमा प्रयोग हुने विभिन्न सामग्री बरादम भएको जनाएको छ ।

बरामद सामग्रीहरुलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी गराएका छन ।

Leave a review