विद्युतीय मोटर जडान गर्ने क्रममा खनालको मृत्यु

साझेदारी दैनिक
292 पाठक संख्या

कलैया,१५ भदौ : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको टागिंया बस्तीमा धानको खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका –१६ टागिंया बस्तीका अन्दाजी ५३ वर्षीय टिका बहादुर खनाल रहेको प्रहरीले जनाएको छ ।

उनलाई धानको खेतमा विद्युतीय मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लागेको हो । उनी गम्भीर घाईते भएका थिए ।

वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका लागी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

अन्य थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता सापकोटाले बताए ।

Leave a review