Sajhedari Daily
Latest News from Nepal

बारामा बन्दुक र गोलीसहित एकजना पक्राउ

रञ्जन यादब/
बारामा बन्दुक र गोलीसहित आदर्शकोतवाल गाउँपालिकाको गंगानगरबाट एकजना पक्राउ परेका छन् । पक्राउँपर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुर बस्ने ६१ वर्षीय बद्री सहनी रहेका छन् । उनलाई प्रहरीले एकथान नलकटुवा बन्दुक र थ्री नट थ्रीको एक राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नं. २ प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोसाकका प्रहरीले सहनी सवार बा८प ३८११ नम्बरको स्कुटर जाँच गर्नेक्रममा सिटमुनी लुकाई राखेको अवस्थामा बन्दुुक र गोलि सहित मानिस पक्राउँ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्रराज कडेँलले जानकारी गराएका छन । पक्राउँ परेका सहनीलाई नियन्त्रणमा लिई थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।