वीरगञ्ज : टयाँकरको ठक्करबाट मृत्यु भएका युवकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मृतकका परिवार र प्रशासनबीच भएको सहमति अनुसार क्षतिपूर्ति उपलव्ध गराईने सहमति भएको हो।
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसिपी) सडकखण्डमा ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको हो।
ठक्करबाट वीरगञ्ज–१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएको थियो।साहको मृत्यु भएपछि उनका परिवार र स्थानीयबासीहरुले आईसिपी स्थित सडकखण्ड बिहीबार दिउँसो अवरुद्ध गरेका थिए ।
शुक्रबार बिहान पनि उनीहरुले सडक खण्ड अवरुद्ध गरेपछि प्रशासन र मृतकका परिवार बीच क्षतिपूर्ति दिने सहमति भएको हो ।सहमति अनुसार मृतकका परिवारलाई साढे नौ लाख क्षतिपुर्ति दिइने छ।
मोटरसाईकल मरम्मत गर्ने लगायतका सहमतिहरु भएको छ। सहमति भएसँगै स्थानीयबासीहरुले अवरुद्ध गरेको सडक सुचारु भएको थियो ।अवरोधका कारण शुक्रबार बिहानैदेखि आईसिपीबाट निस्कने गाडीहरु रोकिएका थिए ।


