श्रमिक साकोस सिमराको चौधौं साधारण सभा सम्पन्न

रञ्जन यादव
432 पाठक संख्या

श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको चौधो साधारण सभा सम्पन्न भएको छ।

उसले आर्थिक बर्ष २०८०।०८१ मा ४१ लाख ५ हजार ९ सय ७४ रुपैया नाफा आर्जन गरेको छ ।

श्रमिक बचत तथा ऋण सहकारी संस्थाको सिमरामा सम्पन्न साधारण सभामा संस्थाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो तथ्यांक सार्वजनिक गरेको हो। प्रतिवेदनमा संस्थाले आफना शेयर सदस्यहरु माझ कृषि कर्जा,ब्यपारिक कर्जा,घर तथा आवास कर्जा र शैक्षिक कर्जा र बिबिध ऋण लगानी गर्ने गरेको श्रमिक बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

ऋणमा संस्थाले ७ करोड १८ लाख ५९ हजार ९ सय ९० रुपैया लगानी गरेको छ । संस्थाले ब्याजबाट १ करोड २१ लाख ४० हजार ७ सय ५८ रुपैया नाफा आर्जन गरेको छ ।

त्यस्तै संस्थाले प्रबेश शुल्क,सेवा शुल्क,खाताबन्दी शुल्क,हर्जाना र बिबिधबाट १२ लाख १६ हजार २ सय ८५ रुपैया आम्दानी गरेको संस्थाका अध्यक्ष बेनिप्रसाद तिमिल्सीनाले जानकारी दिए ।

प्रशासनिक खर्च तर्फ संस्थाले ९ लाख ३४ हजार ४ सय ६४ रुपैया खर्च गरेको छ। जुनकि गत आर्थिक २०८९।०८० भन्दा ३६ हजार ४ सय ६७ रुपैया कम हो ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋणी,उत्कृष्ट बचतकर्ता,उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरेको थियो ।

Leave a review