बारा प्रहरीले २ करोड ८३ लाख बराबरको समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ट्रकहरूलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त ट्रकहरुलाई नियन्त्रणमा लिइएको हो ।
विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २ करोड ८३ लाख ८९ हजार ९ सय ८९ रूपैया बराबरको प्रहरीले जनाएको छ।
ना ७ ख १६५२ ट्रकमा लोड प्याड लक एमएम अन्दाजी मुल्य रू. २ करोड ५० लाख ६३ हजार एक सय २२ रुपैयाँ र ना ८ ख ४१६५ ट्रकमा लोड कस्टमेटिक समान अन्दाजी मुल्य रू. ३३ लाख २६ हजार ८ सय ६७ रुपैयाँ बराबरको समान बरामद गरेको नि.सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरूङले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको निरीक्षक गुरूङले बताए ।


