कोल्हवी : धिरेन्द्र पनुहर/ साना किसान कृषि सहकारी संस्था लिमिटेड कोल्हवी– ४ सपहीको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। एक कार्यक्रमको बिच संस्थाको गोदाम घरको प्राङ्गणमा साधारण सभा शनिबार सम्पन्न भएको हो।
संस्थाकी अध्यक्ष असतुरनी देवी चौधरीको सभापतित्वमा सो साधारण सभा भएको हो। कार्यक्रमलाई कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर तथा संस्थाको ब्यानर पढेर उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहीलाइ प्रोपोजल बनाएर नगरपालिकामा पेश गरेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। कोल्हवी नगरपालिकाले दूध किसान,माछा पालक किसान र कृषि मीटरमा अनुदान दिइरहेको उनले बताए।
उपस्थित सम्पूर्ण महिला शेयर सदस्यहरुलाई बाल विवाह, बाल हिंसा र कुपोषणबाट बच्न शिक्षामा जोड़ दिन आग्रह गरे। अबको ५,६ महिनामा बिधुतको पावर हाउस बनी सके पछि बिधुत जाने समस्याबाट छुटकारा पाउने बताए।
कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक अरुण चौधरीले आर्थिक वर्ष ०८०/०८१ मा ४६ करोड १० लाख बराबरको कारोबार गरेको जानकारी दिए। आर्थिक वर्ष ०८१/०८२ मा ५८ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको जानकारी गराए।
अगामी बर्षको बजेट कार्यतालिका समेत उनले प्रस्तुत गरे। संस्थाका अध्यक्ष असतुरती देवि चौधरीले बार्षिक प्रतिवेदन र लेखा संयोजक शान्ता सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी हुन्।
सो कार्यक्रममा शुभकामना मन्तव्य भुपेन्द्र बराल,गोबिन्द पौडेल,सुर्यप्रसाद पौडेल,नैनकला खड्का, वीरेन्द्रप्रसाद चौधरी,मनेजर चौधरी,तपेश्वरराय थारु,नि वर्तमान मेयर भरत भण्डारी, मिश्रीलाल सहनी उपमेयर लक्ष्मी कुमारी चौधरीले मन्तव्य व्यक्त गरे। उक्त कार्यक्रममा कोल्हवी नगरपालिका वाड नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,तामागढ़ी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,कोल्हवी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष वीरेन्द्र चौधरी,समाजसेवी वीरेन्द्र चौधरी,थारु युवा नेता वीरेन्द्र पनुहर ,भुवन चौधरी,जगदेव चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाल खुत्रुक्के बचत कर्ता,असल ऋणि तथा असल बचतकर्तालाई पुरस्कार सहित सम्मान गरेको थियो।
वार्षिक साधारण सभा कार्यक्रममा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष चन्द्रकला भण्डारीले व्यक्त गरिन्। कार्यक्रमको संचालन साजना खनालको रहेको थियो।

