वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

पर्सामा जबरजस्ती करणीका घटना बढदै,जस्तीकरणी आरोपमा दुई पक्राउ

राम मण्डल /
पछिल्लो समय पर्सा जिल्लामा जबरजस्तीकरणीको घटनामा बृद्धि भईरहेको छ । केही महिना यता पर्सा जिल्लामा महिला, युवती, बालिका माथि हुने जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका घटनाहरु बृद्धि भएको हो ।

गत तीन महिनामा पर्सामा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योग सम्बन्धी घटनाहरु बढेकोे छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिना पर्सामा जबरजस्तीकरणीका ११ वटा घटना र जबरजस्तीकरणी उद्योगका २ वटा मुदाहरु जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका छन ।

जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्षको पहिलो साउन महिनामा २ वटा, भदौमा ४ र असोजमा ५ वटा जबरजस्तीकरणीका मुदाहरु प्रहरीमा दर्ता भएका छन । यस्तै सोही अवधिमा जबरजस्तीकरणी उद्योगको साउनमा १ वटा र असोजमा १ वटा गरि दुई वटा मुदाहरु दर्ता भएको जिप्रका पर्साले जनाएको जनाएको छ ।

यसैबीच जिल्लामा एकैदिन दुई वटा जबरजस्तीकरणी घटनाका अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक युवती र एक बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले १७ बर्षिय युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–७ रामटोल बस्ने २१ बर्षिय बाबु भनिने बिक्रम पटेल कुर्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुर्मीले पीडित युवतीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।

युवतीका अभिभावकले दिएको जाहेरीको आधारमा कुर्मीलाई उनकै घरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यस्तै पर्सा प्रहरीले १४ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा जिल्लाको जिराभवानी गाउँपालिका–२ बस्ने २० बर्षिय प्रभु साह कानुलाई पक्राउ गरेको छ । कानुले गत शनिबार पिडीत बालिकाका अभिभावकहरु घरमा नभएको मौका छोपी घरमै पसेर जबरजस्तीकरणी गरेका थिए ।

पक्राउ परेका कुर्मी र कानु दुबैजनालाई जबरजस्तीकरणी मुदामा अदालतबाट सात दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!