पथलैयामा प्रदेश स्तरीय चार सय शैयाको आईसोलेसन बनाउने कुरा अन्यौलमा

साझेदारी दैनिक
साझेदारी दैनिक 502 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको पथलैयामा प्रदेश स्तरीय आईसोलसन बनाईने योजना अन्योलमा परेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा प्रदेशको आर्थिक सहयोगमा चार सय शैयाको आईसोलेसन बनाउने कुरा अन्यौलमा परेको हो ।

उपमहानगरपालिकाले प्रदेशको मुख हेर्ने र प्रदेशले सिमरामा आईसोलेसन बनाउनतर्फ कुनै तरखर नदेखाउँदा उपमहानगरपालिकाबासी आजित भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले प्रदेश नं.२ का मुख्यमन्त्री ,मुख्य सचिव र समाजिक बिकास मन्त्रालयको सचिव सहितको टोलीले आईसोलेसन बनाउने ठाउँको अवलोकन गरेपछि मात्र सो कार्य अगाडि बढाउने की नबढाउने कुरा अगाडि बढ्ने बताएका छन । तर कहिले अवलोकन गर्ने भन्ने बिषयमा कुनै मिति तोकिएको छैन् ।

प्रदेश सरकारका समाजिक बिकास मन्त्रालयका सचिव भुपाल बरालसँग यसबिषयमा बुझदा सिमरामा आईसोलेसन बनाउने बिषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन । बारम्बार उपमहानगरपालिकाको सिमरामा प्रदेशले आईसोलेसन बनाउने कुरा आएपनि कार्यान्वयन हुन नसक्दा उपमहानगरबासी यस्तो समाचारले हर्ष न बिस्मातको अवस्थामा पु¥याएको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले प्रदेश नं.२ का मुख्यमन्त्री महम्मद लालबाबु राउत र प्रदेशका मुख्य सचिवले आफुहरुसँग सिमरामा चार सय शैयाका आईसोलेसन बनाउने बाचा गरेकाले त्यसकै पर्खाईमा बसेको बताए । उउपमहानगरपालिकामा आईसोलेसन बनाउनमा ढिलासुस्ती भईरहदा नगरका संक्रमितहरुले चरम सास्ती खेप्नुपरिरहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review