मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
474 पाठक संख्या

बिल बिजक भन्दा बढी हार्डवेयर तथा औषधी लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–८ भारतीय दुतावासस्थित सडकखण्डमा ना.६ ख २९०६ नम्बरको ट्रकलाई रोकी प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा ट्रकमा लोड रहेको ५१ लाख ८४ हजार २५२ रुपैया बराबरको हार्डवेयर तथा औषधि सामानहरु बिल बिजक भन्दा बढी देखिएको थियो ।

ट्रकसहित सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए।

Leave a review