वीरगञ्ज : भन्सार छली ल्याइएको लाखौं मूल्य बराबरको खाद्यान्न तथा कपडा पर्सा प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ।
बिभिन्न स्थानबाट भन्सार छली चोरी तस्करी गरी ल्याइएको उक्त खाद्यान्न तथा कपडा पर्सा प्रहरीले बरामद गरेको थियो।
दुई लाख ७४ हजार एक सय १० रुपैयाँ बराबरका खाद्यान्न तथा कपडाहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।


