नेपाली काँग्रेसमा डा. रिजवान सहित ६० जना प्रवेश

साझेदारी दैनिक
449 पाठक संख्या

कलैया : नेपाली काँग्रेसमा एक कार्यक्रमविच डा. रिजवान सहित ६० जना पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका वार्ड नं ०१ बाट डाक्टर रिजवान,कमरूल होदा,सद्दाम हुसेन,एजाजुल मिया,राम अशिष चौ० लगायत अन्य १५ जना रहेका छन्।

यस्तै विश्रामपुर वार्ड नं ०२ बाट वार्ड अध्यक्ष प्रत्यासी साकिल अंसारी,दरोगा साह,उमेश बैंठा लगायत अन्य गरी नौ जना पार्टी प्रवेश गरेका हुन्। वार्ड नं ०३ बाट बृजलाल पटेल,सन्तोष पन्डित,शम्भु चौ० लगायत अन्य १० जना समेत नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

वार्ड नं ०४ बाट वडा अध्यक्ष प्रत्यासी प्रदिप गुप्ता,सोनालाल ठाकुर,आश महम्म लगायत अन्य २० जना रहेका छन्।

विश्रामपुर वार्ड नं ०५ बाट भोला महतो लगायतका नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन्। उनीहरु जसपा,एमाले,लोसपा तथा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको जनाइएको छ। यसैविच सम्पूर्ण नव प्रबेशी लाई हार्दिक बधाई तथा शुभकामना दिइएको छ।

नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा,नेपाली कांग्रेसको महामन्त्री गगन थापा वरिष्ठ नेता शेखर कोइराला र नेपाली कांग्रेस बारा जिल्लाको उपसभापति तथा विश्रामपुर गाउँपालिकाका पूर्व अध्यक्ष अमिरीलाल पालको मेयर अमिरीलाल पाल,नेपाली काँग्रेस बारा जिल्लाका उपसभापती मनोज भट्ट तथा नेपाली कांग्रेस बारा क्षेत्र नं ४ (ख) को सभापति लोकेश सिंहको रोहबरमा उनीहरुले पार्टी प्रबेश गरेका हुन्।

Leave a review