कलैया । सशस्त्र प्रहरीले अवैध एयरपोड्स प्रो र टेम्पर ग्लाससहित साईकल बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–०३ स्थित डम्पिङ साइट नजिकै भारतबाट अबैध रूपमा ल्याइएको एयरपोड्स प्रो र टेम्पर ग्लाससहित साईकल बरामद गरेको हो ।
बरामद गरिएको सामानको अन्दाजी मूल्य रू. ३९ लाख १२ हजार रुपैया रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक मोहनराज बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट साईकलको प्रयोग गरी अबैधरूपमा नेपाल ल्याइँदै गरेको उक्त सामान फेला पारेको हो। प्रहरीलाई देखेपछि तस्कर साईकल र सामान सोही स्थानमा छाडेर फरार भएका थिए।
उक्त सामानसहित साईकललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारवाही अगाडी बढाइएको सशस्त्र प्रहरीका प्रमुख एवंम् प्रहरी उपरीक्षक खुम बहादुर के.सीले जानकारी दिनुभयो।


