Sajhedari Daily
Latest News from Nepal

क्यूपेक मजदुर यूनियनको नगर अधिवेश सम्पन्न

नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन(क्यूपेक)को कलैया नगरस्तरीय प्रथम अधिवेशन बुधवार बाराको भोड्हामा सम्पन्न भएको छ ।

अधिवेशनको यूनियनका प्रदेश नम्बर दुई संगठन कमिटीका अध्यक्ष कम्लेश झाले उद्घाटन गरेका गरेका थिए । नगर अध्यक्ष धनेश्वर प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा यूनियनका केन्द्रीय सचिव मानबहादुर विक, केन्द्रीय सदस्य शोभा खतिवडा, बारा जिल्ला अध्यक्ष सिंहबहादुर श्रेष्ठ, कलैया उपमहानगरपालिका वडा नम्बर २१ का वडअध्यक्ष पुनदेव रौनियार, वडा नम्बर २२ का वडाअध्यक्ष लालबावु प्रसाद यादव, महिला सदस्य पल्टनीय देवी, स्थानीय समाजसेवी विन्दा सिंह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी सम्पन्न प्रथम अधिवेशलने सर्वसहमतिबाट पुनः धनेश्वर प्रसाद कुशवाहाको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरेको छ । यैगरी सम्पन्न अधिवेशनले यूनियनको नगर कमिटीको उपाध्यक्षमा नागेश्वर राम, सचिवमा पारसनाथ शर्मा, सहसचिवमा रामानन्द राउत अहिर र कोषाध्यक्षमा लाल विहारी चौधरी चयन भएका छन । अन्य सदस्यहरु पनि अधिवेशनले चयन गरेको छ ।