निजगढमा नवगठित मधेस युवा मञ्चको पत्रकार सम्मेलन

संदिप प्रसाद यादव
471 पाठक संख्या

कलैया : निजगढमा नवगठित मधेस युवा मञ्चको पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

होटेल राजमार्गको सभा हलमा मंगलवार एक कार्यक्रम बिच नवगठित मधेस युवा मञ्चको पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

२०८१ पुस १३ गते निजगढ नगरपालिका स्थित मोहोरी पार्कमा हृदयनारायण साह रौनियारको अध्यक्षतामा बसेको बैठकले १७ सदस्यीय समिति गठन गरेको थियो।

मञ्चका अध्यक्षमा प्रशान्त रौनियार सर्वसहमतमा चयन भएका थिए । उपाध्यक्षमा राहुल साह र कृष्ण महतो पनि चयन भएका थिए । कोषाध्यक्षमा मुकेश साह र सह कोषाध्यक्षमा राजेश जैसवाल पनि सर्वसहमतबाट चयन भएका थिए ।

त्यस्तै सचीवमा रामबाबु प्रसाद बरै र सह सचिवमा रबि साह रौनियार चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा संजय साह,उपेन्द्र साह,सरोज ठाकुर,धिरेन्द्र शर्मा,जितेन्द्र ठाकुर,सुरेश पण्डित,दिनेश शर्मा,प्रिन्स साह, मौजेलाल साह कानु र राजु शर्मा पनि सर्वसहमतबाट चयन भएका छन् ।

उक्त बैठकबाट समितिको सल्लाहकारमा हृदय नारायण साह रौनियार,रामचन्द्र जैसवाल,सन्तोष लाल कर्ण,दिनानाथ साह रौनियार,भोला साह भोला र रामानन्द साह रौनियार रहेको उक्त पत्रकार सम्मेलन गरि समितिको पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष प्रशान्त रौनियारले आफुहरु समाजमा सेवा गर्ने उद्देश्यले यो समिति गठन गरेको बताएका छन् । गरिब,असहाय,दलित,एकल महिला,जेहेन्दार बिद्यार्थी,समाजमा विभिन्न किसिमका सचेतना फैलाउने कार्य गर्ने उनले बताए ।

समितिले कुनै पनि राजनीतिक दलको दबाबमा नभई स्वतन्त्र रुपले समाजमा सेवा गर्ने उनले प्रतिबद्धता गरे। समाजमा सेवा गर्ने,केही नयाँ कार्य गर्न चाहने युवाहरुलाई समितिमा आउन आग्रह गरेका छन् ।

फस्ट जनवरीको उपलक्ष्यमा बुधबार मानव कल्याण समाज निजगढमा खाद्यान्न सामग्री र न्यानो कपडा वितरण कार्यक्रम रहेको अध्यक्ष रौनियारले बताए ।

मधेस युवा मञ्चका अध्यक्ष प्रशान्त रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा जय प्रकाश साह,सरोज ठाकुर,समितिका पदाधिकारी,समाजसेवी तथा सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य समितिका सल्लाहकार हृदय नारायण साह रौनियारको रहेको थियोे भने कार्यक्रमको संचालन प्रवक्ता दिनबन्धु कुमार साहले गरे।

Leave a review