रौतहटको फतुवा विजयपुरमा एकैदिन तीन विद्यालयको चार कोठे पक्की भवनको भयो शिलान्यास

साझेदारी दैनिक
486 पाठक संख्या

रौतहट : करण कुमार मिश्र / रौतहटको फतुवा विजयपुर नगरपालिका–४ स्थित श्री माध्यमिक विद्यालय टेंग्राहामा चार कोठे पक्की भवनको शुक्रबार संयुक्त रुपमा शिलान्यास गरिएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ५५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो। फतुवा विजयपुरका (कार्यवाहक) नगर प्रमुख अम्बेया खातुन,प्रदेश साँसद प्रत्यासी महम्मद शेराजले संयुत्त रूपमा शिलान्यास गरेका हुन् ।

विद्यालयमा भवनको अभाव र विद्यार्थीहरु लाई अध्ययन निकै कठिनाइ हुँदै आएको अवस्थाको दृष्टिगत गर्दै सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएको हो। यसले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर प्रमुख खातुनले बताइन्।

शिक्षा क्षेत्रको विकासले मुलुकको विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड उनले दिइन्।

यस्तै वडा नम्बर –८ श्री माध्यमिक विद्यालय बिजयपुर बजारमा सोही कार्यक्रम अन्तर्गत ५५ लाखको लागतमा चार कोठे भवन निर्माण हुने भएको छ। वडा नम्बर ५ श्री आधारभूत विद्यालय सन्तपुर दोस्तियामा यसै कार्यक्रम अन्तर्गत ५५ लाखको लागतमा चार कोठे भवन निर्माणका लागि तीन वटै विद्यालयमा एकै दिन शिलान्यास कार्यक्रम गरिएको प्रधानाध्यापक सुबोध कुमार यादवले जानकारी दिएका छन्।

शिलान्यास कार्यक्रमले तीन वटै विद्यालयमा भवन अभावको कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुँदै आएकोले अब यो भवन निर्माणपश्चात् उक्त समस्या समाधान हुने प्रधानाध्यापक यादवले बताए ।

कार्यक्रममा बिधायक प्रत्यासी महम्मद शेराज, शिक्षा सह–संयोजक अनिल यादव,वडा अध्यक्ष सतिश यादव,एजाज महम्मद,प्रधानाध्यापक शंकर राय यादव,पूर्व शिक्षा संयोजक तेजनारायण यादव,शिक्षक उमेश यादव,रामप्रवेश साह,शिवमंगल यादव,प्रविण यादव,राजेश यादव लगायत गाउँका भद्रभलादमी बुद्धिजीवी,सुरक्षाकर्मी तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।

Leave a review