अत्याधिक चिसोले जनजीवन कष्टकर,तीन पालिकामा विदा

साझेदारी दैनिक
170 पाठक संख्या

कलैया : राजेश कुशवाहा / अत्याधिक चिसो बढेपछि बाराको जनजीवन कष्टकर भएको छ। दिनभरी नै चिसो हावा चल्ने गरेका कारण हात,खुटृा समेत चिसो हुने थालेको छ।

अत्याधिक चिसो बढेपछि मानिसहरु आगोको साहारा लिन थालेका छन्। चिसोले बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ। चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुघाखोकी,ज्वरो, कोल्डडायरीया लगायतका रोगहरुको संक्रमण देखिएको प्रादेशिक अस्पताल कलैया अस्पतालले जनाएको छ।

चिसो बढेपछि मानिसहरु अंधिकास समय घर भित्र बिताउन थालेका छन । काम विशेषले मात्र मानिसहरु घरबाट बाहिर निस्कने गरेका छन्। घरबाटै निस्कने परेमा मोटो कपडा लगाएर निस्कने गरेका छन्। चिसो बढेपछि बाटोघाटोहरु समेत सुनसान बनेका छन्। जिल्लास्थित सरकारी कार्यालयमा समेत सेवाग्राहीको भिडभाड कम हुन थालेको छ।

चिसोले विद्यार्थीहरुको पठन पाठन समेत प्रभावित बनेको छ। चिसो बढेपछि बाराको सदरमुकाम कलैयामा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको छ। ऊनी सुईटर, गलबन्दी,टोपी,ज्याकेट लगायतको बिक्री बढेको रेडीमेड ब्यवसायीहरुले बताएका छन्। चिसो बाट बच्नका लागि लागि मानिसहरु तातो खानेकुरा खान थालेका छन्।

चिसोले कलैया बजारमा माछा,मासु,अण्डाको बिक्री बढेको छ । चिसो बढेपछि कलैया बजारका चिया पसलमा ग्राहकहरुको भिड बढेको छ । अत्याधिक चिसो बढेपछि पशु पालक कृषकहरुलाई घास ल्याउन समस्या भएका पशु पालक कृषकहरुले बताएका छन्।

प्रतिकूल मौसमको कारण अत्याधिक चिसो बढेपछि बाराको करैयामाई गाउँपालिकाले सामुदायिक तथा संस्थागत बिधालयमा तीन दिन जाडो बिदा दिएको छ। करैयामाई गाउँपालिकाका शिक्षा अधिकृत बिधानन्दप्रसाद यादवले मंगलबार एक सार्वजनिक सूचना जारी गरी विद्यालयमा बिदा दिईएको जानकारी गराएका हुन्।

मौसम परिवर्तन भई अत्याधिक चिसो बढेकाले विद्यालयका बालबालिकाहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई दृष्टिगत गरी गाउँपालिका भित्र रहेको सबै विद्यालयहरुले पुस २४ गते बुधबार देखि पुस २६ गते शुक्रबार सम्म विद्यालयमा बिदा दिएको हो।

सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक र आर्थिक कामकाज गर्न बाधा नपर्ने गरी पठन पाठनको कार्य स्थगित गर्न बर्षे बिदा बाट कटृा हुने गरी जाडो बिदा दिइएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन जाडो बिदा दिईएको छ।

बढदो जाडोका कारण बिधार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई दृष्टिगत गर्दै बर्षे बिदाबाट कट्टा हुने गरी पुस २४ गते देखि पुस २५ गते सम्म जाडो बिदा दिईएको शिक्षा अधिकृत हरिशप्रसाद भटृले जानकारी दिएका छन् ।बाराको सुवर्ण गाउँपालिकाले समेत गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन जाडो बिदा दिएको छ।

बढदो जाडोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई दृष्टिगत गर्दैे बर्षे बिदा बाट कट्टा हुने गरी पुस २४ गते देखि पुस २६ गते सम्म जाडो बिदा दिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ।

Leave a review