मानव अधिकार एलाइन्स बाराको जिल्ला अधिवेशन सम्पन्न

रञ्जन यादव
224 पाठक संख्या

जीतपुर : मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बाराको जिल्ला अधिवेशन शुक्रबार सिमरामा सम्पन्न भएको छ ।

नेकपा एमालेको उक्त जनसंगठनको अधिवेशनले शान्ताकुमारी बजगाईं (रिना) को अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो । अनिल तिबारीको अध्यक्षतामा बसेको अधिवेशनले अध्यक्षमा बजगाई,उपाध्यक्षमा श्रीराम साह,सचिवमा कुवेर न्यौपाने,कोषाध्यक्षमा दीपलक्ष्मी खरेल रहेका छन् ।

यसैगरी कमिटीको सदस्यमा उषा सापकोटा,समिना कौडेल,राहुल गुप्ता,सुरेश साह,हरिमाया लामा,बालकृष्ण हुमागाईंलाई चयन गरिएको छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य कृष्ण लामा,एमाले मधेश प्रदेश सचिव मनोज पौडेल,मधेश प्रदेश कमिटी सदस्य देवनारायण चौधरी,किशोर शर्मा,एमाले बाराका सचिव अमृत शर्मा बजगाईं,उपसचिव जवाहिर अंसारी,भावना आचार्य,एमाले नेता गोविन्द पौडेललगायतको उपस्थिती रहेको थियो ।

Leave a review