चिसोबाट बच्न जिल्ला प्रशासनले बाड्यो पर्साका चार पालिकामा न्यानो कपडा र राहत

राम मण्डल
311 पाठक संख्या

वीरगन्ज : चिसोबाट बच्न जिल्ला प्रशासन कार्यालय पर्साले चार पालिकामा न्यानो कपडा र राहत वितरण गरेको छ।

बढेको चिसोबाट बच्नको लागि राहत वितरणमा प्रशासनले एकद्वार प्रणाली अपनाएको थियो। जिल्ला विपद ब्यवस्थापन कोषमा वीरगञ्ज उद्योग वाणिज्य संघ,नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले राहत सामाग्री सहयोग गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले सोही सामग्रीहरु मध्ये बहुदरमाई नगरपालिका–२ सिसियाडि टोलका तीन सय दलित घर परिवारलाई एक एक वटा कम्बल वितरण गरिएको छ।

यस्तै पोखरिया नगरपालिका–७ रानिगञ्जका लक्षित समूहहरुलाई एक सय ३५ थान कम्बल वितरण गरिएको हो। वडा नम्बर–४ का बासिन्दालाई ६४ थान कम्बल बितरण गरिएको थियो।

जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलका लक्षित समूहलाई चप्पल जुत्ता ८७ जोर वितरण गरिएको हो। कम्बल ज्याकेट एक सय थान बितरण गरिएको थियोे। धोबिनी गाउँपालिका–२ भिखमपुरका लक्षित समूहलाई २५ जोर चप्पल वितरण गरिएको छ। यस्तै कम्बल ५६ जनालाई बितरण गरिएको छ।

यता मानव सेवा आश्रमलाई ३० थान कम्बल दिइएको छ। एक थान वशिङ मेशिन सहयोग गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । त्यसैगरि डिभिजन सितको समन्वयमा कारागार कार्यालय पर्सा,बाल सुधार गृह तथा मानव सेवा आश्रममा दाउरा खरिद गरि हस्तान्तरण गरिएको प्रशासन कार्यालयले जनाएको छ।

Leave a review