वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन छलफल गर्ने भएको छ। यस्का लागि उसले जिल्लाका सबै सरकारी र निजि अस्पताल सञ्चालकलाई छलफलमा बोलाएको हो।
जिल्ला प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई थप प्रभावकारी वनाउन स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रम राखेको हो।
उसले अगामी आइतबार जिल्ला प्रशासनमा बैठक राखी छलफल गर्न लागिएको सूचनामा जनाएको हो। सूचना मार्फत जिल्लास्थित सबै सरकारी,नीजि र सामुदायिक अस्पतालका सञ्चालक,व्यवस्थापक,प्रमुखहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ।
पर्सामा ग्रामीण भेग भन्दा पनि सदरमुकाम वीरगञ्जका अस्पतालमा बिरामी हरु बढी पुग्ने गरेका छन् ।वीरगञ्जमा रहेको नारायणी अस्पतालमा बिशेष गरि बढी बिरामीको चाप हुने गरेको छ।
नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको कमिका कारण बिरामीहरुले प्रभावकारी उपचार सेवा पाउन सकेका छैनन् ।यसैबीच नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी भर्ना गर्न लागेको छ ।
शुक्रबार अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीहरु भर्ना गर्न बिज्ञापन गरेको छ ।अस्पतालले स्वास्थ्यकर्मि र कर्मचारी गरि १५ जनाको लागि बिज्ञापन गरेको छ ।
अस्पतालले चिकित्सक सहित,स्तनपान परामर्शकर्ता,मर्मत सम्भार टेक्निसियन,न्युरोलोजिस्ट लगायतका पदहरुमा विज्ञापन गरेको हो।

