तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिवीर गर्ने

साझेदारी दैनिक
285 पाठक संख्या

कलैया : विनिता चौधरी/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित सञ्चालनमा रहेका तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिवीर बिहीबार देखि गर्ने भएको छ।

हस्पिटल भवनको प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गरी शिवीर ५ गते शनिबार सम्म चल्ने जनाइएको हो। हस्पिटलले माघ ३ गते बिहिबारका दिन थाइराईड सेम्पल कलेक्सनका बिरामीलाई निशुल्क चेक जाँच गरी सेवा दिने जनाएको छ।

माघ ४ गते शुक्रबारका दिन बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर जितेन्द्रकुमार मिश्राले मुटु परीक्षणको सेवा दिने छन्।

माघ ५ गते शनिबारका दिन बरिष्ठ स्त्री रोग एवम् प्रसुति रोग विशेषज्ञ प्रो. डाक्टर राजेन्द्र कुमार चौधरीद्वारा र बरिष्ठ हाड जोर्नी एवं नशारोग बिशेषज्ञ डाक्टर नविनकुमार सिंहद्वारा जाँच शिविरको आयोजना गरिने हस्पिटलका प्रवन्धक बिबेक चौधरी थारुले पत्रकार सम्मेलनमा बताए।

प्रवन्धक चौधरीका अनुसार तीन दिने शिविरको अवधिमा कुनै पनि बिरामीले ल्याब परीक्षण,भिडियो एक्स–रे,एक्स–रे,र इ.सि.जि. चेक जाँच गराएर सेवा लिएका ३० प्रतिशत छुटको समेत व्यबस्था गरिएको छ ।

हस्पिटलको प्रबन्धक–निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी रहेका थिए।

कार्यक्रममा शान्ती बृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी,वार्ड न १ का वडा अध्यक्ष राजहरण चौधरी,समाजसेवी रामचन्द्र साफी,पूर्व मेयर भरतबहादुर भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा स्वास्थ्य शाखा कोल्हबीका सहसंयोजक विश्वनाथ चौधरी,शान्ति बृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी,वडा नम्बर १ का वडाध्यक्ष राजहरण चौधरी,२ का गोपाल प्रसाद अधिकारी,३ का किशुनदयाल चौधरी,४ का बिष्णु प्रसाद मैनाली,९ का दलबहादुर चौधरी,नगर उद्योग वाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी साह,साझेदारी बन ब्यबस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर लगायत अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

रामकुमार उप्रेतीले संचालन गरेको कार्यक्रममा स्वागत बिवेक चौधरीको थियो।

Leave a review