आधारभूत स्वास्थ्य सेवा केन्द्रको नव निर्मित भवनको नगर प्रमुख चौधरीले गरे उद्घाटन

साझेदारी दैनिक
428 पाठक संख्या

कोल्हवी : जितेन्द्र प्रसाद चौधरी/ कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधर्पामा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उदघाटन भएको छ।

सो भवनको उद्घाटन एक कार्यक्रम बिच कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले रिवन काटेर र शिलालेखमा भएको अक्षर पढेर गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले भवन बाट सेवाग्राहीहरुले सेवापाउने विश्वास व्यक्त गरे।उनले स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने जनाए। कोल्हबी नगरपालिकाले स्वास्थ्य र शिक्षामा अरु क्षेत्र भन्दा बढी लगानी गरेको उनले जानकारी दिए।

वडा नम्बर ७ का वडा अध्यक्ष सलाउदिन अन्सारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रामपुर चौधरी,दिलमोहन चौधरी,बिश्वनाथ चौधरी,चिन्तामनि चौधरी,शिवनारायण चौधरी,नरेश मिश्रा,वडा सचिव श्यामकुमार चौधरी,नरेन्द्र प्रसाद चौधरी ३ का वडा सदस्य किशुनदयाल चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे।

उक्त कार्यक्रममा ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,स्वास्थ्य शाखा कोल्हवीका सहसंयोजक बिश्वनाथ चौधरी,वडा सदस्य शत्रुधन चौधरी,धर्मेन्द्र चौधरी,महिला सदस्य सोनामती देवि चौधरी,दलित महिला सदस्य सीता सहनीको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा समाजसेवी शिवनारायण चौधरी,चिन्तामनी चौधरी,दिलमोहन चौधरी,नरेन्द्र चौधरी,रामअयोध्या साह,नरेश मिस्रा,जुमराती अन्सारी,रामपुकार चौधरी,कपिलदेव चौधरी,ग्यान्त्री चौधरी,बसन्ती मुसहर्नी लगायतको उपस्थिति रहेको थियो ।

बिर अन्सारीले संचालन गरेको कार्यक्रममा स्वागत आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज अरुण चौधरीको थियो।

Leave a review

This will close in 0 seconds