एक महिने कार्तिक स्नान सुरु

राजेश कुशवाहा
277 पाठक संख्या

कलैया । कार्तिक महिना शुरु भएसंगै बारामा बुधबार बिहानदेखि एक महिने कार्तिक स्नान आरम्भ भएको छ । जिल्लाको १६ पालिकाका हिन्दुधर्मावलम्बी महिलाहरुले कार्तिक स्नान शुरु गरेका हुन ।

कलैया उपमहानगरपालिकाको कलैया ,भवानीपुर, ब्रहम्पुरी, गंगापुर, भतौडा, बैराठपुर, कोईरिया टोल, मोतिसर, सिसहनिया, पतौरा, पचायनपुर, सुराही, उतरझिटकैया, औधापुर, दोहरी, मझौलिया, बकुलहर, रामपुर, सिसवामहेशपुर, कवलपुर, भोडहा मटियरिया, श्रीपुर, सखुई, परास टोल ,बरेवा, देवीगञ्ज, खपरताता, प्रसौनी गाउँपालिकाको बन्जरिया, प्रसौनी, बेलहिया , प्रस्टोका, भलुहीभरवलिया, बलुवा, रहरियाडिह, बुनियाद लगायतका हिन्दुधर्मावलम्बी महिलाहरुले कार्तिक स्नान शुरु गरेका छन ।

परवानीपुर गाउँपालिकाको बहुअरी, लौतन, परवानीपुर, रामपुर टोकनी, फेटा गाउँपालिकाको फेटा, कुकरभुका, त्रिवेणी ,बिनवलिया, भरवलिया,बिश्रामपुर गाउँपालिकाको बिश्रामपुर, कान्तिपुर बरैनिया, लगायतका स्थानका हिन्दु धर्मावलम्बी महिलाहरुले बिहानै स्थानीय नदी ,तलाउ, सरोवर , जलाशय लगायतकोमा गई नुवाई धुवाई गरी पुजाआजा गर्छन ।

उनीहरु छठ पर्वको गित गाउदै मन्दिरमा आएर पूजाआजा गर्छन । तराई मधेशको महापर्व छठ गर्ने ब्रतालु महिलाहरु कार्तिक महिना भरी एक महिनासम्म जलाशय, तलाउ, पोखरी, सरोवर लगायतकोमा नुवाई धुवाई गरी पूजाआजा गर्ने गरेको कलैया उपमहानगरपालिका वडा नम्बर १७ की बोधबनी देवीले बताएकी छन । यसबर्ष कार्तिक ३ गते सोमबार लक्ष्मीपूजा र कार्तिक १० गते सोमबार छठ पर्व परेको छ ।

Leave a review