कलैया । महागढीमाई नगरपालिकाका नगर प्रहरीको ज्यादती बढ्दै गएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेको गढीमाई मन्दिरमा बिहीबार राती ४ जना बच्चालाई नगरप्रहरीले कुटेको भन्दै स्थानीयहरुले नगर प्रहरीलाई मन्दिरको प्राङ्गणबाट लखेटिएका छन् ।
बारम्बार नगरी प्रहरीले नगरमा ज्यादती गरेको भन्दै स्थानीयबासीहरुले मन्दिरबाट लखेटिएका हुन् ।
उक्त स्थानमा बाक्लो प्रहरी परिचालन गरिएको एक स्थानीयले बताएका छन् ।

